राजनीति ,समाचार
सुरक्षित रहन यूएई-इजरायल-इरानमा रहेका नेपालीलाई ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यूएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका छन्। शनिबारर सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन्।
अध्यक्ष ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले आफूलाई चिन्तित तुल्याएको बताएका छन्। उनले रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुनसमेत अनुरोध गरेका छन्।
ताम्रलेख डेस्क