अन्तर्राष्ट्रिय,समाचार
मोदीले बालेनलाई प्रधानमन्त्रीको बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमा आफ्नो सन्देश पोस्ट गर्दै मोदीले भनेका छन्, "तपाईँको नियुक्तिमा नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वास प्रतिबिम्बित भएको छ।"
दुवै देशका जनताको साझा हितका लागि नेपाल-भारत मित्रता र सहकार्यलाई थप उचाइमा पुर्याउन आफूले नेपालका नयाँ प्रधानमन्त्रीसँग निकट रहेर काम गर्न चाहेको उनले लेखेका छन्।
ताम्रलेख डेस्क