राजनीति ,समाचार

बालेन्द्र नेतृत्वको सरकार उत्तेजनामा बहकिने जोखिम : निश्कल राई

नेपाली कांग्रेसबाट नवनिर्वाचित सांसद निश्कल राईले बालेन्द्र शाह नेतृत्वको सरकार उत्तेजनामा बहकिने जोखिम रहेको बताउनुभएको छ। 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै राईले सामाजिक सञ्जालमा यसअघि देखाएको शैलीलाई इंगित गर्दै भोलि सरकारमा हुँदा त्यस्तो गतिविधि नभइ सुसंस्कृत राजनीतिक व्यवहार देखाउन बालेन्द्र र रास्वपालाई सुझाव दिनुभएको हो।

निर्वाचनमा नेपाली कांग्रेसको हारको जिम्मेवारी सिंगै पार्टीले लिनुपर्ने राईको तर्क छ। सभापति गगन थापाले राजीनामा दिनुपर्ने नभइ पार्टीका तल्ला कमिटीसम्मले पराजयको हिस्सेदारी लिने र समिक्षा गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

राजनीति , समाचार