अन्तर्राष्ट्रिय,समाचार

खामेनीका छोरा बने इरानको नयाँ सर्वोच्च नेता

इरान र इजरायल–अमेरिकाबीचको जारी युद्धका बीच इरानी पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार उनलाई ८८ धर्मगुरुहरूको समूह, विशेषज्ञ सभाले निर्वाचित गरेको हो । सुरक्षा कारणले धर्मगुरुहरूको भेलाले औपचारिक सत्र नगरी अनलाइन मतदान गरिएको थियो ।

यसअघि नयाँ सर्वोच्च नेताको चयन अर्को हप्ता हुने खबर बाहिर आएको थियो ।

पूर्वसर्वोच्च नेता खामेनी हालै इजरायल–अमेरिकाको हवाई आक्रमणमा मारिएका थिए ।

समाचार