कोशी विशेष,राजनीति ,समाचार

ओलीलाई तामाङको आग्रह: तपाई जित्नुहुन्न, मलाई सहयोग गर्नुहोस्

झापा -५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी ओलीले आफुलाई सहयोग गर्नुपर्ने वताएका छन्। शनिवार दमकमा पत्रकार सम्मेलन आयोजना गरी तामाङले सो आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा ओलीलाई तामाङले भने-‘ जोसुकैले सहयोग गरेपनि तपाईले चुनाव जित्नुहुन्न। त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईले हामीलाई सहयोग गर्नुपर्छ।’ नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभ्याउन ओलीलाई उनले सुझाव दिए।

नेकपा झापा -५ मुल निर्वाचन परिचालन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा तामाङले भने-‘ हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह , उर्जा र विजयको माहौल वढिरहादा पराजित मानसिकता वोकेका विभिन्न शक्तिहरुले गठबन्धनको नाममा फैलाएका तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं। ‘ तामाङले ओली र वालेन समुहले आचारसंहिता उल्लङ्घन गरेकोमा आपत्ति प्रकट गरे।

उनले भने -‘ निर्वाचन परिणामलाई प्रभावित गर्ने मनशायले सत्ता र शक्तिको आडमा वजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सवै खाले आचारसंहिता विरोधी हर्कतको घोर निन्दा र भर्त्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौं।’ तामाङले रास्वपा सभापति र बरिष्ठ नेताद्वारा अमुक देशका प्रधानमन्त्रीलाई सहयोगको याचना गरिएको भनिएका खबरहरु स्वयं रवि लामिछाने र वालेन्द्र शाहले खण्डन गर्नुपर्न वताएका छन्।

लामिछाने र शाहप्रति लक्षित गरदै उनले भने-‘अमुक देशका प्रधानमन्त्रीलाई सहयोगको याचना गरिएको भनिएका खबरहरु आइरहंदा त्यही तहवाट प्रभावकारी खण्डन नहुनु रहस्यमय छ।’ पत्रकार सम्मेलनमा तामाङले चुनाव विथोल्न कसैले लाग्नु नहुने वताए।

पत्रकार सम्मेलनमा नेकपा झापा ५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र वालेन दुवैले ब्यापक आचारसंहिता उल्लङ्घन गरेर मुठभेड निम्त्याउन खोजेको बताए। बस्नेतले भने-‘ स्वच्छ , मर्यादित र शान्तिपुर्ण निर्वाचन विथोल्ने हर्कत अविलम्ब वन्द गर्न सम्वन्धित सवैमा अपिल गर्दछु।’

कोशी विशेष, राजनीति , समाचार