कोशी विशेष,राजनीति ,समाचार

कांग्रेसमा १५५ जेन्जि युवाको प्रवेश : सभापति थापाले गरे स्वागत

झापा क्षेत्र नं. २ अन्तर्गत विर्तामोड नगरपालिकामा एक कार्यक्रमका बीच १५५ जना जेन्जि उमेर समुहका युवाहरु एकसाथ नेपाली कांग्रेस पार्टि प्रवेश गरेकाछन् । नेपाली कांग्रेस कोशी प्रदेश सभापती उद्धव थापा र प्रतिनिधी सभाका उम्मेदवार सरिता प्रसाईले संयुक्तरुपमा मंगलवार एक भब्य समारोहकावीच टिका, खदासहित उनिहरुलाई स्वागत गर्नु भएको हो ।


देशलाई निकास दिन सक्ने पाटि नेपाली कांग्रेस मात्र एक्लो पाटि रहेको प्रतिनिधी सभाका उम्मेदवार सरिता प्रसाईले बताउनुभयो । त्यस्तै फागुन २१ गतेको निर्वाचनमा मतको मुल्य बुझेर मात्र मतदान गर्न आम मतदाताहरुलाई आग्रह गर्दै नेपाली कांग्रेस कोशी प्रदेश सभापति साथै पूर्व मुख्य मन्त्री उद्धव थापाले प्रलोभनमा परेर होइन सहि नेतृत्व छान्न आग्रह गनुभयो ।

नेपाली कांग्रेस बदलिएको अव देश बदल्ने अभियानमा सुदृढ ढंगले अगाडि वढेको भन्दै युवाहरुको जमात कांग्रेस तर्फ आकर्षित भएको देखिन्छ । नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन पश्चात कांग्रेसले नयाँ भर्जनकासाथ रुपान्तरित अभियान ‘टु प्वाइन्ट ओ’ वाट युवाहरुमा नयाँ आशा पलाएको बताइएको छ ।

झापा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फ वाट प्रत्यक्ष तर्फ सरिता प्रसाई, त्यसै गरी समानुपातिक तर्फ उमा शिवाकोटी र मनमाया विश्वकर्मा चुनावी मैदानमा रहनु भएको छ । 

उदय कुँवरको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य शुशिला ढकाल, जिल्ला कार्य समितिका सचिव कृष्ण हुमागाई, कोषध्यक्ष जलकुमार गुरुङ, झापा क्षेत्र नं. २ सभापति खगेन्द्र मैनाली, लगायतले सम्बोधन गर्नुभएको कार्यक्रमलाई रुवी सिटौलले स्वागत गर्नु भएको थियो, कार्यक्रम नेपाली कांग्रेस विर्तामोड नगरपालिका वडा नं. ८ का सभापति उत्तम कटुवालले सञ्चालन गर्नुभएको थियो ।

कोशी विशेष, राजनीति , समाचार